banner

बिद्यार्थीको सुबिधाको मध्यनजर गर्दै लिबर्टी एकेडेमीले नयाँ कार्यक्रमहरु ल्याउदै, यस्ता छन् योजनाहरु

By- Liberty Academy
Date: 2020-04-30 10:59:41
बिगत लामो समयदेखि बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुको साथसाथै नेपालकै प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा चिनिने लिबर्टी एकेडेमीले बिद्यार्थीको सुबिधाको मध्यनजर गर्दै नयाँ कार्यक्रमहरु ल्याउने योजना बनाएको छ | "हाम्रो मुख्य लक्ष्य भनेको सम्पूर्ण बिद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गरेर उनीहरुलाई देशको अब्बल नागरिक बनाउनु हो | हामीले बिद्यार्थीलाई परम्परागत शैलीमा पठनपाठन गराउनु को सट्टा आधुनिक तरिकाले प्रबिधियुक्त शिक्षा प्रदान गर्दै आएको छौ | यसका साथै हाम्रो मुख्य जोड भनेको समतामुलक र संस्कारयुक्त शिक्षा प्रदान गर्नु पनि हो | अहिले कोरोनाले गर्दा बिश्वनै प्रभावित भएको छ | यस कारण शैक्षिक संस्थाहरु बन्द हुनु को साथै बिद्यार्थीको पठनपठनमा पनि असर परेको छ | त्यसैले लिबर्टी एकेडेमीले प्रविधिको प्रयोग गरेर बिद्यार्थीको समस्याको समाधान गर्दै पठनपाठनलाई केहि हद सम्म सुचारु गर्ने निर्णय गरेको छ ", लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकालज्युले बताउनु भयो | बिद्यालयको अनुसार बिद्यालयले यस प्रकारका कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको छ |
१. प्रविधिको प्रयोग गरेर बिद्यार्थीहरुसंग Onlineको माध्यमबाट जोडिएर उनीहरुको समस्याको जानकारी लिने र आबश्यक सल्लाह सुझाब प्रदान गर्ने | यसका लागि Zoom App र Google Classroom (Google Meet) को प्रयोग गर्ने बिषयमा छलफल हुदै |
२. SEE दिने बिद्यार्थीहरुसंग Onlineको मध्यमबाट उनीहरुका प्रश्नका उत्तरहरु दिने र छलफल जारि राख्ने
३. बिद्यार्थीहरुको प्रोत्साहनको लागि यो लकडाउनको समयमा बिद्यार्थीले बनाएका चित्र, लेखेका कविता, कथा, उनीहरुले गाएका गीत, डान्स र अन्य रचनाहरुलाई बिद्यालयको वेबसाईट र फेसबुक पेजमार्फत सार्बजनिक गर्ने
४. अभिभावकहरुको सुबिधाको मध्यनजर गर्दै बिद्यालयको वेबसाईटबाटै Online Admission गर्न सकिने व्यस्था मिलाइने (http://libertyacademy.edu.np/frontend-admission)बाट Admission गर्न सकिने छ 
५. बिद्यालय पूर्णरुपमा संचालन नभएसम्म बिद्यालयको वेबसाईट र फेसबुक पेजमार्फत बिद्यालय सम्बन्धि जानकारी प्रदान गर्ने | 
६. बिद्यार्थी र अभिभावकहरुसंग छलफल गरेर नयाँ योजना र कार्यक्रमहरु संचालन गर्दै जाने 

बिद्यालयका सम्पर्क नम्बर : ०१४९१३४१७ ,९८५१०३७९१९, ९८४११३६५०० 
Liberty Academy Contact Number: 014913417, 9851037919, 9841136500
Liberty Academy Website Address: www.libertyacademy.edu.np