banner

नयाँ सोचका साथ अघि बढ्दै लिबर्टी, गृहकार्य अब वेबसाईट र गुगल क्लासरूम बाटै

By- Liberty Academy
Date: 2020-06-15 07:00:00
वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नेपालकै प्रतिष्ठित शैक्षिक संस्था लिबर्टी एकेडेमीले प्रबिधिको माध्यमबाट पठनपठानलाई अझै प्रभावकारी ढंगले संचालन गर्न लागेको छ | यसका लागि बिद्यालयले आफ्नै वेबसाईट (http://libertyacademy.edu.np/student-assignment) र गुगल क्लासरूमको माध्यमबाट बिद्यार्थीलाई गृहकार्य दिने र सो संग सम्बन्धित सम्पूर्ण समस्याहरुको जवाफ बिषय शिक्षकले वेबसाईट, गुगल क्लासरूम र अन्य मध्यमबाट दिने निर्णय गरेको छ | बिद्यालयका प्रिन्सिपल आदरणीय ओम प्रसाद ढकालज्युको अनुसार "अब बिद्यालयले नयाँ सोच र जोशका साथ अगाडी बढ़छ र बिद्यार्थीको पठनपठानमा कुनै किसिमको समस्या आउन दिदैन " | यसअघि बिद्यालयले नयाँ शैक्षिक सत्रको लागि बिशेष कार्यक्रम र योजनाहरु ल्याउने घोषणा पनि गरेको छ | यस्ता नयाँ योजनाहरुले बिद्यार्थीहरुलाई अवश्य फाइदा पुग्नेकुरा निश्चित छ |