By- Liberty Academy
Date: 2020-06-18 07:21:54
विगत लामो समयदेखि बिद्यार्थी र अभिभावकको सुबिधाको मध्यनजर गर्दै बिद्यालयलाई प्रबिधिमैत्री बनाउदै आएको नेपालकै प्रतिष्ठित शैक्षिक संस्था लिबर्टी एकेडेमीले अब भने Online Registration र Online Admission सेवा सुचारु गरेको छ |अभिभावकज्युहरु र बिद्यार्थीहरुले अब बिद्यालयको वेबसाइट (
http://libertyacademy.edu.np/frontend-admission)बाटै बिद्यार्थीको विवरण रजिस्टर गर्न र भर्ना पनि गर्न सक्नुहुनेछ | बिद्यालयका प्रिन्सिपल आदरणीय ओम प्रसाद ढकालज्युका अनुसार कोभिड-१९ को महामारीले गर्दा बिद्यार्थीहरुको शिक्षामा कुनै पनि बाधा नआऒस भनेर बिद्यालयले प्रबिधिको माध्यमबाट गुणस्तरिय शिक्षालाई निरन्तरता दिदै आएको छ | यसका लागि स्वयम् प्रिन्सिपल सरको नेतृत्वमा सम्पूर्ण शिक्षकहरु लागि पर्नु भएको छ | "लिबर्टी एकेडेमी गुणस्तरिय शिक्षाप्रति सधै सजक छ र यसका लागि बिद्यालयले समय समयमा विभिन्न योजनाहरु बनाएर बिशेष कार्यक्रमहरु संचालन गर्दै आएको छ | " बिद्यालयका प्रिन्सिपल आदरणीय ओम प्रसाद ढकालज्युले बताउनु भयो |