banner

लिबर्टी एकेडेमीले बिद्यार्थीको लागि "Online Speech Competition" आयोजना गर्दै

By- Liberty Academy
Date: 2020-08-26 12:51:15

बिगत लामो समयदेखि बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको नेपालकै प्रतिष्ठित शैक्षिक संस्थाको लिबर्टी एकेडेमीले बिद्यार्थीको क्षमता अभिवृद्धि गर्नका निम्ति "Online Speech Competition-2077" आयोजना गर्ने भएको छ। "अहिले कोरोनाले गर्दा बिश्वनै प्रभावित भएको छ | यस कारण शैक्षिक संस्थाहरु बन्द हुनु को साथै बिद्यार्थीको पठनपाठनमा पनि असर परेको छ | जसको कारण बिद्यालयले प्रबिधिको माध्यमबाट बिद्यार्थीको पठनपाठन संचालन गर्दै आएको छ। बिद्यार्थीहरु भौतिक रुपमा बिद्यालयमा उपस्थित हुन नसकेको अवस्थामा बिद्यालयले अनलाईनकै माध्यमबाट विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने निर्णय गरेको छ।  सोहि अनुरुप लिबर्टी एकेडेमीले कक्षा आठ देखि कक्षा दस सम्मका बिद्यार्थीका लागि "Online Speech Competition" आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौ । "  लिबर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकालज्युले बताउनु भयो । "Online Speech Competition" को लागि बिद्यार्थीहरुले आजको मितिदेखि भाद्र १५ गते सम्म ECA Coordinator  आदरणीय संजय खनाल सरमार्फत आफ्नो नाम रजिस्टर गर्न सक्नेछन।