banner

लिबर्टी एकेडेमीले बिद्यार्थीहरुका लागि "Career Counseling S.E.E Graduates 2077" कार्यक्रम आयोजना गर्दै, विभिन्न क्षेत्रका विज्ञहरु पनि सहभागी हुने

By- Liberty Academy
Date: 2020-09-01 05:26:00
बिगत लामो समयदेखि बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको नेपालकै प्रतिष्ठित शैक्षिक संस्थाको लिबर्टी एकेडेमीले अब भने बिद्यार्थी भाईबहिनीहरुका लागि "Career Counseling S.E.E Graduates 2077" नामक बृहत कार्यक्रम आयोजना गर्ने भएको छ। भर्खरै S.E.E परिक्षा पास गरेका बिद्यार्थीहरुलाई लक्षित यस कार्यक्रममा विभिन्न क्षेत्रका बिज्ञहरुद्वारा कक्षा ११ को पाठ्यक्रमको जानकारी दिनुको साथसाथै बिद्यार्थीहरुलाई  Orientation र Motivation पनि  प्रदान गरिने छ। यस कार्यक्रममा अन्य कक्षामा अध्ययनरत बिद्यार्थीहरुले पनि सहभागिता जनाएर विभिन्न नयाँ तथा फाइदाजनक कुराहरु सिक्न सक्नेछन। लिबर्टी एकेडेमीद्वारा आयोजना हुने यस कार्यक्रममा राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल (निसान) का केन्द्रिय अध्यक्ष तथा लिबर्टी एकेडेमीका प्रिन्सिपल आदरणीय ओम प्रसाद ढकाल, पाठ्यक्रम विकास केन्द्रको तर्फ़बाट आदरणीय युबराज अधिकारी, शिक्षाबिद आदरणीय राजेन्द्र दाहाल, प्रसिद्ध Motivator आदरणीय प्रितम पौडेल तथा अन्य बिज्ञहरुको सहभिगिता रहनेछ। यस कार्यक्रमको मध्यस्थकर्ता आदरणीय सुरेश निरौलाज्युले गर्नु हुनेछ।  कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी यस प्रकारको छ
कार्यक्रमको शिर्षक : Career Counseling S.E.E Graduates 2077
कार्यक्रम मिति : २०७७/०५/२० शनिबार
कार्यक्रम समय : बिहान ७:४५ देखि
Zoom Meeting ID : 88285543221